भोली अत्यावश्यक काम परेमात्र घरबाट बाहिर निस्कनुः ट्राफिक प्रहरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

भोली अत्यावश्यक काम परेमात्र घरबाट बाहिर निस्कनुः ट्राफिक प्रहरी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । ट्राफिक प्रहरीले अत्यावश्यक काम परेमात्र सवारी साधन लिएर घरबाट निस्कन आग्रह गरेको छ ।

काठमाडौँ उपत्यकाका बिभिन्न स्थानहरूमा भोलि बिभिन्न समूहद्वारा र्‍याली जुलुसका साथै बिरोध प्रर्दशन गर्ने बुझिएको भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यका भरी सवारी आवागमनमा समस्या हुन सक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन अनुरोध गरेको हो ।

कार्यालयले एक सूचना जारी गर्दै सडकमा निस्कनु पूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन अनुरोध गरेको छ ।

‘तपाईँको सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्नहुन विनम्र अनुरोध गर्दछौँ’ सूचनामा भनिएको छ ।

भोलि व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको अभियान र एमाले निकटको युवा संघले काठमाडौंका दुई स्थान बल्खु र तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका छन् । त्यसका लागि विभिन्न स्थानबाट जुलुस निस्किने जनाइएको छ ।

प्रकाशित : ६ मंसिर २०८०, बुधबार १५:१० 22 November, 2023 3:10 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।