राष्ट्रिय सहकारी बैंकमा तरलता रकम १९ अर्ब ५५ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय सहकारी बैंकमा तरलता रकम १९ अर्ब ५५ करोड



काठमाडौं । राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षको कार्तिक मसान्तको अपरष्किृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार बैंकमा ३४.४० प्रतिशत तरलता रहेको छ ।

विवरण अनुसार हाल बैंकको सेयर पुँजी दुई अर्ब ७९ करोड ६७ लाख ९२ हजार रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा एक अर्ब ४ करोड ९९ लाख, कुल बचत ५६ अर्ब ८३ करोड ९४ लाख ७५ हजार, ऋण लगानी ३० अर्ब ५० करोड ५४ लाख १४ हजार रुपैयाँ रहेको छ ।

हाल राष्ट्रिय सहकारी बैंकको तरलता रकम १९ अर्ब ५५ करोड १२ लाख ६१ हजार रुपैयाँ रहेको छ । त्यस्तै, समिक्षा अवधिमा बैंकको कुल संस्थागत पुँजी एक अर्ब १३ करोड ७१ लाख ७६ हजार, विभिन्न कोषको जम्मा रकम ५० करोड ४४ लाख ३० हजार र कुल सम्पत्ति ६४ अर्ब ६८ करोड ९० लाख ९५ हजार रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म सहकारी बैंकमा कुल सेयर सदस्यहरुको संख्या १६ हजार १५८ रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या २ हजार ३६५ रहेको छ ।

प्रकाशित : ६ मंसिर २०८०, बुधबार ११:१७