महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा देशभरका जग्गा बिक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा देशभरका जग्गा बिक्री गर्ने



काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेका देशभरका जग्गा बिक्री गर्ने भएको छ । बैंकले झण्डै १ सय स्थानमा रहेको आफ्नो स्वामित्वको घरजग्गा बिक्री गर्ने भएको हो ।

बैंकले बुधबार एक सूचना प्रकाशन गर्दै आफ्नो नाममा रहेको ९१ स्थानको गैर–बैकिङ्ग सम्पत्ति लिलामीमा बिक्री गर्न लागेको जनाएको हो । बैंकले विभिन्न ठाउँमा रहेको जग्गा बिक्री गर्नका लागि १५ दिने शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ ।

उक्त सम्पत्ति खरिद गर्न ईच्छुक व्यक्ति, फर्म, कम्पनी र संघ संस्थाहरुले विभिन्न शर्तहरुको अधिनमा रही सूचना प्रकाशित भएको मितिले १५ भित्र आवेदन दिनु पर्ने सूचनामा उल्लेख गरेको छ ।

बैंकले आफ्नो स्वामित्वमा रहेका २६ जिल्लाको घरजग्गा बिक्री गर्ने भएको हो ।

प्रकाशित : ६ मंसिर २०८०, बुधबार ०८:००