सर्वोच्चमा ६ जना न्यायाधीश सिफारिस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सर्वोच्चमा ६ जना न्यायाधीश सिफारिस



काठमाडौं । न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस गरेको छ । मंगलबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषदको बैठकले न्यायाधीश सिफारिस गरेको हो ।

परिषदले ४ जना उच्च अदालतका न्यायाधीश र २ जना कानून व्यवसायीलाई न्यायाधीशमा सिफारिस गरेको छ । सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान उच्च अदालतको न्याधीशबाट सिफारिस भएका छन् ।

त्यस्तै, कानून व्यवसायीबाट बालकृष्ण ढकाल र सुनिल पोखरेलको नाम सिफारिस भएको छ । ६ जनाको नाम सिफारिस गरेपछि पनि अझै एकजना न्यायाधीशको स्थान रिक्त रहेको छ ।

परिषदले प्रस्तावित गरेका व्यक्तिहरु संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि मात्रै सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनेछन् । हाल सर्वोच्च अदालतमा २१ मध्ये ७ जना न्यायाधीश रिक्त रहेको अवस्था छ ।

प्रकाशित : ५ मंसिर २०८०, मंगलवार १७:०१