दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार, कारोबार रकम ९५ करोडमा खुम्चियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार, कारोबार रकम ९५ करोडमा खुम्चियो



काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । अघिल्लाे दिन सोमबारको बजारमा झिनो अंकको सुधार देखिएपनि आज नेप्से २३.८२ अंकले घटेर १८२९.६५ विन्दुमा झरेको हो ।

आज २८५ कम्पनीको ३६ लाख ७५ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ९५ करोड ४ लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ ।

आज मेन्चियाम हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने, माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कारोबार रकमका आधारमा आज हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज सात करोड ७८ लाख २९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : ५ मंसिर २०८०, मंगलवार १५:३६