माछापुच्छ्रे बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माछापुच्छ्रे बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज( नेप्से)मा मंगलबार माछापुच्छ्रे बैंकको बोनस सेयर सूचीकृत भएको छ । उक्त कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गरेको १३.३० प्रतिशत लाभांश नेप्सेमा सूचीकृत गराएको हो।

कम्पनीको गत असोज १८ गते सम्पन्न साधारणसभाले १३.३० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीको १ करोड ३६ लाख ४२ हजार १७ कित्ता सेयर सूचीकृत भएको छ । अब उक्त सेयर लगानीकर्ताले आफ्नो डिम्याट खातामा आएपछि खरिदबिक्री गर्न सक्नेछन् ।

प्रकाशित : ५ मंसिर २०८०, मंगलवार १५:०३