बुडोल सहकारीमा ३२.४८ प्रतिशत तरलता हुदाँ, अन्य सूचक कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बुडोल सहकारीमा ३२.४८ प्रतिशत तरलता हुदाँ, अन्य सूचक कस्तो ?



काठमाडौं । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति साढे एक अर्ब नाघेको छ । चालु आर्थिक वर्ष २०७९/८० को कार्तिक मसान्तसम्म साकोसको कुल सम्पत्ति एक अर्ब ८२ करोड ५५ लाख ७२ हजार रुपैँया पुगेको हो ।

यस अवधिमा संस्थाको शेयर पुँजी १६ करोड १५ लाख ७७ हजार रुपैयाँ छ भने कुल बचत एक अर्ब ४५ करोड ४६ लाख १३ हजार रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा १३ करोड ३६ लाख ७६ हजार रहेको छ । साथै, अन्य कोषमा भने नौं करोड ८८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

कुल एक अर्ब २९ करोड ४४ लाख ४३ हजार रुपैँया ऋण लगानी गरेको सहकारी संस्थामा १८ हजार १९२ जना शेयर सदस्य र सात हजार ४०५ जना बाल सदस्य गरी जम्मा २५ हजार ६५० सदस्य रहेका छन् । साकोसमा कुल ऋण सदस्य संख्या दुई हजार नौं सय ४० रहेका छन् ।

यस अवधिमा साकोसमा ३२.४८ प्रतिशत अर्थात, ४७ करोड २४ लाख ३४ हजार रुपैंया तरलता रहेको छ ।

प्रकाशित : ४ मंसिर २०८०, सोमबार १७:०४