ज्योति विकास बैंकको कामु सीईओमा कपिल ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ज्योति विकास बैंकको कामु सीईओमा कपिल ढकाल



काठमाडौं । ज्योति विकास बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी कपिल ढकालले पाएका छन् । बैंक सञ्चालक समितिको मंसिर ३ गते बसेको बैठकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ढकाललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

साथै, सञ्चालक समितिले बैंकका सीईओ श्री चन्द्र भट्टले दिएको राजीनामा स्वीकृत गरेको छ । अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओ जिम्मेवारी ढकाललाई दिईएको कम्पनी सचिव बलदेव थापाले जानकारी दिए ।

प्रकाशित : ४ मंसिर २०८०, सोमबार १३:०६