हिमालयन रिइन्स्योरेन्सको आईपीओ निष्कासन, कति दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन रिइन्स्योरेन्सको आईपीओ निष्कासन, कति दिने आवेदन ?



काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले आईपीओ निष्कासन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर निष्कासन गरेको हो ।

कम्पनीले ३ अर्ब रुपैयाँको आइपीओ सर्वसाधारणलाई निष्कासन गरेको छ । जसमा पहिलो चरणमा ३० लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको छ ।

यसपछि सर्वसाधारणलाई सेयर निष्कासन गरिनेछ । कम्पनीले अंकित मूल्यमा प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँ दरले सेयर निष्कासन गरेको छ ।

आईपीओमा सी-आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवृदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

प्रकाशित : ४ मंसिर २०८०, सोमबार ११:५४