ग्लोबल आइएमई बैंकको साधारण सभा र बुक क्लोज मिति तय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई बैंकको साधारण सभा र बुक क्लोज मिति तय



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १७औं वार्षिक साधारण सभा मंसिर २८ गते गर्ने भएको छ । कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा मंसिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ९ बजे शुरु हुने जनाएको हो ।

सभाले ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले साधारण सभा प्रयोजनको लागि मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा मंसिर १२ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

प्रकाशित : १ मंसिर २०८०, शुक्रबार ११:२६