सपोर्ट लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सपोर्ट लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?



काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ । कम्पनीको कात्तिक २१ गते मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई १३.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

जसमा १३ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६८ प्रतिशत नगद लाभांश रहेको छ । सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि बोनस वितरण हुनेछ ।

गत वर्ष कम्पनीले ११ प्रतिशत बोनस सेयर र ०.५७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : २२ कार्तिक २०८०, बुधबार ११:३६