नेप्सेमा दोहोरो अंकको वृद्धि, करिब एक अर्बको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा दोहोरो अंकको वृद्धि, करिब एक अर्बको कारोबार



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । आज बजार ११.२२ अंक बढेर १८५८.७६ विन्दुमा पुगेको हो ।।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.४६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक बढेको छ। नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन करिब ९४ करोडको सेयर कारोबार भएको बजारमा आज २८५ कम्पनीको ४३ लाख ३१ हजार कित्ता सेयर किनबेच हुदाँ ९९ करोड ६५ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

कारोबारमा आज सबै समूहको उपसूचकमा हरियाली देखिएको छ । बैंकिङ समूहको २.४०, विकास बैंक १५.५४, वित्त १९.७९, होटल ४०.६२, जलविद्युत ७.१५, जीवन बीमा ११३.१६, उत्पादन तथा प्रशोधन ४७.०७, माइक्रोफाइनान्स २१.०५, अन्य समूहको १८.३२ र ट्रेडिङ समूहको उपसूचक २० अंकले बढेको छ । त्यस्तै, यता निर्जीबन बीमा समूहको उपसूचक भने १७.३६ अंकले घटेको छ ।

आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक बढेको छ। साथै, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सर्वाधिक घटेको छ। कारोबार रकमका आधारमा आज हिमालयन बैंकको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ। यस बैंकको आज ९ करोड १६ लाख रुपैयाँ बराबरको संस्थापक सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : २१ कार्तिक २०८०, मंगलवार १५:३४