एसियाका बैंकरहरुले पहिलो पटक नेपालमा सम्मेलन गर्दै, ७० भन्दा बढी बैंकर्सको सहभागिता रहने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एसियाका बैंकरहरुले पहिलो पटक नेपालमा सम्मेलन गर्दै, ७० भन्दा बढी बैंकर्सको सहभागिता रहने



काठमाडौ । एसियाका बैंकरहरुको छाता संस्था एसियन बैकिङ एशोसिएशन(एबीए)ले पहिलो पटक नेपालमा सम्मेलन र आफ्नो वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । नेपाल बैंकर्स एशोसिएशनसँगको सहकार्यमा आगामी कात्तिक २३ र २४ गते एसियन कन्फे्रन्स हुन लागेको हो ।

काठमाण्डौको होटल सोल्टीमा आयोजना हुने सम्मेलनमा २५ वटा देशका ७० भन्दा बढी बैंकर्सको सहभागिता रहने नेपाल बैंकर्स एसोसिएसन(एनबीए)का अध्यक्ष सुनिल केसीले जानकारी दिए ।

त्यस्तै, संघले साेमबार आयोजना गरेको पत्रकार सम्मेलनमा केसीले बैककाे नाफा चालू अावमा २८ प्रतिशतले घटेकाे पनि बताएका छन् । उनले चालू आवकाे पहिलो त्रैमासमा खुद ब्याज आम्दानी बढ्न नसकेकाे जानकारी दिदै उनले असाेज मसान्तसम्म लोन लस प्रोभिजनको रकम ७ अर्ब रहेकोमा चालु आवकोअसोज मसान्तसम्म १६ अर्ब पुगेको बताए ।

चालू आवकाे पहिलाे त्रैमासमा लाेन लस प्राेभिजनकाे कारण नाफा बढ्न नसकेकाे उनकाे भनाई थियाे। उनले भने, `डिपाेजिट पनि धेरै बढ्न सकेन । १२० अर्बले बढ्नु धेरै हाेईन । निजि क्षेत्रकाे बिजनेश घट्दा बैककाे नाफामा हिट भयाे । खराब कर्जा ३.६१ प्रतिशत पुग्याे । दक्षिण एसियाली देश हेर्दा ठिकै छ डराउनु पर्ने अवस्था छैन । तै पनि सजग हुनै पर्छ । हामी सजग हुदैछाै ।´

साथै उनले, जाजरकोटमा गएकाे भुकम्प पिडितलाई हसयाेग ५ कराेड गर्ने प्रतिबद्धता जनाएकाे बताए।

प्रकाशित : २० कार्तिक २०८०, सोमबार २०:३५