भूकम्प प्रभावितका लागि सिबिफिनद्वारा १० लाख आर्थिक सहयोगको घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

भूकम्प प्रभावितका लागि सिबिफिनद्वारा १० लाख आर्थिक सहयोगको घोषणा



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले भूकम्प प्रभावितलाई आर्थिक सहयोगको घोषणा गरेको छ। जाजरकोट, पश्चिम रूकुम लगायतका जिल्लाका प्रभावितहरूको लागि सिबिफिनले तत्कालका लागि १० लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको हो।

भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आम जनताको तत्काल खोज, उद्धार, घाईतेहरुको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुर्नस्थापनामा सहयोग पुगोस् भन्ने हेतुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत सिबिफिनकोतर्फबाट सो रकम उपलब्ध गराएको जनाएको छ ।

साथै, जाजरकोट र रुकुम पश्चिम जिल्लामा अपूरणीय जनधनको क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले गहिरो दुःख व्यक्त गरेको छ ।

त्यसैगरी, राष्ट्रिय विपत्ती आइलागेको यस कठिन अवस्थालाई संवेदनशिलरुपमा लिँदै सिबिफिनले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरुसँग सम्पर्क गरी प्रभावित जनताको वस्तुस्थितिको वारेमा जानकारी लिएकोमा तत्काल खाद्यान्य, औषधोपचार, न्याना लत्ताकपडासहितको बसोबास अत्यावश्यक रहेको जानकारी प्राप्त भएकोले उल्लेखित राहत सामाग्री जुटाउने र सम्बन्धित क्षेत्रमा पु¥याउने पवित्र मानवीय सेवाको कार्यमा सहयोगी हात अगाडि बढाउन सम्बन्धित प्रदेश/जिल्ला तथा स्थानीय निकायहरुमा संचालित सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ ।

प्रकाशित : १९ कार्तिक २०८०, आईतवार १६:२४