एनआईसी एशिया बैंकद्धारा भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोग स्वरुप ५१ लाख सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईसी एशिया बैंकद्धारा भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोग स्वरुप ५१ लाख सहयोग



काठमाडौं । एनआईसी एशिया बैक लिमिटेडले जाजरकोटमा भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप राहत उद्दार कोषमा ५१ लाख नगद सहयोग रकम प्रदान गर्ने घोषणा गरेको छ ।

२०८० कात्तिक १७ गते राती कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराउने घोषणा गरेको हो ।

बै‌कले यस विनासकारी भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सम्पूर्णमा शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेकाे छ ।

प्रकाशित : १९ कार्तिक २०८०, आईतवार १३:३१