राष्ट्रिय स्तरका विकास बैंकको नाफा ०.९४ प्रतिशतले बढ्यो, तीन वटाले नाफा बढाउँदा पाँच वटाको घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय स्तरका विकास बैंकको नाफा ०.९४ प्रतिशतले बढ्यो, तीन वटाले नाफा बढाउँदा पाँच वटाको घट्यो



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बाणिज्य बैंकहरुको नाफा त्यति सन्तोषजनक नआएपनि विकास बैंकको भने नाफा सामान्य बढेको छ । राष्ट्रिय स्तरका विकास बैंकले चालु आर्थिक वर्षको तीन महिनामा १ अर्ब १० करोड ७५ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेका छन्। यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ०.९४ प्रतिशतले बढी हो ।

गत आवको सोही अवधिमा यी बैंकहरुले १ अर्ब ९ करोड ७२ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएका थिए। यस अवधिमा ८ वटा राष्ट्रिय स्तरका विकास बैंकमा तीन वटाको नाफा बढेको छ भने पाँच वटा बैंकको नाफा घटेको छ ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुुसार नाफा बढाउनेमा गरिमा विकास बैंकको नाफा ४.२५ प्रतिशतले बढेर २० करोड १५ लाख ५४ हजार रुपैयाँ पुगेको छ । यस्तै लुम्बिनी विकास बैंकको नाफा १४३ प्रतिशतले बढेर १७ करोड ३२ लाख ८० हजार रुपैयाँ रहेको छ भने कामना सेवा विकास बैंकको नाफा १८७.५७ प्रतिशतले बढेर ११ करोड ९५ लाख २१ हजार रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्म ५ वटा बैंकको नाफा भने घटेको छ । नाफा घटेका बैंकमा मुक्तिनाथ विकास बैंकको नाफा २५.५७ प्रतिशतले घटेर २२ करोड ८८ लाख ६ हजार रुपैयाँ रहेको छ । यस्तै ज्योति विकास बैंकको नाफा ४९.२४ प्रतिशतले घटेर ५ करोड ८ लाख २ हजार, सांग्रिला डेभलपमेन्ट बैंकको नाफा १५.८१ प्रतिशतले घटेर ४ करोड ६५ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

यस्तै महालक्ष्मी विकास बैंकको नाफा २०.०७ प्रतिशतले घटेर ९ करोड ५३ लाख ७८ हजार र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ८.३५ प्रतिशतले घटेर १९ करोड १६ लाख ५४ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित : १७ कार्तिक २०८०, शुक्रबार १६:३५