माण्डु हाईड्रोपावरको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माण्डु हाईड्रोपावरको लाभांश घोषणा



काठमाडौं । माण्डु हाईड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आवको नाफाबाट १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले मंसिर १५ गतेका लागि सभा बोलाएको छ ।

सभाका लागि भन्दै मंसिर ४ गते बुक क्लोज गर्ने भएको छ । मंसिर ३ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

प्रकाशित : १७ कार्तिक २०८०, शुक्रबार ११:५१