प्रभु बैंकले पहिलो त्रैमासमा कमायो एक अर्ब तीन करोड नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु बैंकले पहिलो त्रैमासमा कमायो एक अर्ब तीन करोड नाफा



काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको नाफा ४६.७० प्रतिशतले बढेर १ अर्ब ३ करोड ४२ लाख १४ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ७० करोड ५० लाख रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार देखिएको छ । बैंकको खुद ब्याज आम्दानी २९.१५ प्रतिशतले बढेर २ अर्ब ५४ करोड ८० लाख ७४ लाख रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा ५१.३२ प्रतिशतले बढेर १ अर्ब ५४ करोड १५ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

२३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १० अर्ब ९३ करोड २८ लाख ३६ हजार रहेको छ । २ खर्ब ७६ अर्ब १४ करोड ८७ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ३६ अर्ब ६६ करोड ४२ लाख ३७ हजार रुपैयाँ कर्जा लगानी भएको छ ।

बैंकको खराब कर्जा १.६८ प्रतिशतबाट बढेर ३.९७ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ८२ पैसा रहेको छ ।

प्रकाशित : १७ कार्तिक २०८०, शुक्रबार ११:४४