चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँड, कतिले पाए सेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँड, कतिले पाए सेयर ?



काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कम्पनीले कात्तिक २३ गतेदेखि २६ गतेसम्म निष्काशन तथा बिक्री गरेको आईपीओ बाँडफाँड भएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ५९ हजार ३०० कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल ११ लाख ३४ हजार ३१७ आवेदन परेको थियो। सोमध्ये ११ लाख ३१ हजार ९३६ आवेदन स्वीकृत भएको छ भने २ हजार ३८१ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँड गरिएको छ। यस अनुसार ८५ हजार ९३० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

प्रकाशित : १६ कार्तिक २०८०, बिहीबार १४:०२