मल्टीपर्पस फाइनान्सको नाफामा उल्लेख्य सुधार, प्रतिसेयर आम्दानी पनि बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मल्टीपर्पस फाइनान्सको नाफामा उल्लेख्य सुधार, प्रतिसेयर आम्दानी पनि बढ्यो



काठमाडौं । मल्टीपर्पस फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार फाइनान्सले ६५ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १४७४.१६ प्रतिशतले बढी हो।

गत वर्ष यसले चार लाख १८ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसंगै खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २९७.६६ प्रतिशतले बढेर एक करोड ९५ लाख पुगेको छ भने सञ्चालन नाफा ९८९.४५ प्रतिशतले बढेर ६२ लाख ९७ हजार रुपैंया पुगेको छ । यसले गर्दा कम्पनीको नाफा बढेको हो।

हाल यसको चुक्ता पुँजी ५९ करोड ५९ लाख रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा भने ६ करोड २३ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको खराब कर्जा बढेर १.२२ प्रतिशत भएको छ । गत वर्ष खराब कर्जा ०.२२ प्रतिशत रहेको थियो । यसको प्रतिसेयर आम्दानी ३७ पैसाबाट बढेर ४ रुपैयाँ २२ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ९५ पैसा छ ।

प्रकाशित : १६ कार्तिक २०८०, बिहीबार ११:३३