तोलामा ७०० रुपैयाँले बढ्यो सुनको मुल्य, चाँदीको कतिमा हुदैछ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तोलामा ७०० रुपैयाँले बढ्यो सुनको मुल्य, चाँदीको कतिमा हुदैछ कारोबार ?



काठमाडौं । पछिल्लो केहि दिनदेखि निरन्तर घटेको सुनको मुल्य आज बिहीबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला एक लाख १५ हजार ७०० रुपैयाँ पुगेको छ ।

तेजावी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार १५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला एक लाख १४ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, बिहीबार चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १४ सय ५ रुपैयाँ पुगेको छ । बुधबार चाँदीको मुल्य प्रतितोला १३ सय ८५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : १६ कार्तिक २०८०, बिहीबार ११:१८