सुन-चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सुन-चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार लक्षित सुनका सिक्का तथा असर्फीहरुको बिक्री वितरण गर्ने भएको छ । राष्ट्र बैंकको कात्तिक १९ गते आइतबारदेखि टक्सार विभागबाट असर्फीको बिक्री सुरु गर्ने भएको हो।

राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका अनुसार यसपटक पनि बैंकले २.५ ग्रामका, ५ ग्रामका र १० ग्रामका सुनको सिक्का सर्वसाधारणलाई उपलब्ध गराउने भएको छ । गाई अंकित २५ ग्राम, १० ग्रामका चाँदीका सिक्का, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम चाँदीका सिक्का समेत बिक्री गर्ने जनाएको छ ।

उक्त असर्फी र सिक्का खरिद गर्दा नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । असर्फी र सिक्का कात्तिक २४ गते शुक्रबारसम्म जारी रहने बैंकले जनाएको छ ।

प्रकाशित : १५ कार्तिक २०८०, बुधबार १५:३४