सेयर बजारको ओरालो यात्रा कायमै, काराेबार रकम ५७ करोडमा सीमित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारको ओरालो यात्रा कायमै, काराेबार रकम ५७ करोडमा सीमित



काठमाडौं । नेप्से परिसूचक मंगलबार दोहोरो अंकले ओरालो लागेको छ । आज बजार १४.२९ अंक घटेर १८६४.४० विन्दुमा झरेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स २.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंक घटेको छ।

अघिल्लो दिन करिब ७० करोडको सेयर कारोबार भएको बजारमा आज २८६ कम्पनीको २२ लाख ५८ हजार कित्ता सेयर किनबेच हुदाँ ५७ करोड १४ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

कारोबारमा आज सबै समूहको उपसूचक राताम्मे बनेका छन् । बैंकिङ समूहको ८.९१, विकास बैंक ३१.०१, वित्त १३.०८, होटल २५.५४, जलविद्युत १५.५१, जीवन बीमा १४३.३३, उत्पादन तथा प्रशोधन ३१.१३, माइक्रोफाइनान्स २९.७९, निर्जीबन बीमा ५८.४८, ट्रेडिङ समूहको उपसूचक ८.०८ अंकले घटेको छ ।

आज महुली लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक बढेको छ। साथै, प्रिमियममा आईपीओ निष्काशन गरेको सोनापुर मिनरल्सको सेयर भने निरन्तर आज तेस्रो कारोबार दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार रकमका आधारमा आज सूर्य ज्योति लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको आज एक करोड ७० लाख ११ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

प्रकाशित : १४ कार्तिक २०८०, मंगलवार १५:३७