चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँडकाे मिति तय, कतिले हात पार्छन् सेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँडकाे मिति तय, कतिले हात पार्छन् सेयर ?



काठमाडौं । चिरख्वा हाइड्रोपावरको आइपीओ कात्तिक १६ गते बिहीबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार बिहीबार दिउँसो १ बजे आइपीओ बाँडफाँड गर्ने तयारी गरिएको हो।

आइपीओमा मागभन्दा १५.३६ गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ । यसमा १२ लाख १२ हजार ६४५ जना आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० कित्ताका लागि आवेदन दिएका छन् ।

जसमा ८५ हजार ९३० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख २६ हजार ७१५ जनाको भने हात खाली हुनेछ । चिरख्वा हाइड्रोपावरले असोज २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ८ लाख ५९ हजार ३०० कित्ता सेयर आइपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्रा एनपी डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्छ ।

प्रकाशित : १४ कार्तिक २०८०, मंगलवार १२:३३