सुनको मुल्य तोलामा ५०० रुपैयाँले घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा ५०० रुपैयाँले घट्याे



काठमाडौं । सुनको मुल्य मंगलबार तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर एक लाख १६ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको एक लाख १५ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।

सोमबार छापावाल सुन तोलाको एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको मुल्य तोलाको एक लाख १५ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको मुल्य भने प्रतितोला १० रुपैयाँले बढेर १४ सय २० रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मुल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : १४ कार्तिक २०८०, मंगलवार १२:००