योग्य संथागत लगानीकर्तालाई दर्ता र नवीकरण शुल्क बुझाउन नेप्सेको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

योग्य संथागत लगानीकर्तालाई दर्ता र नवीकरण शुल्क बुझाउन नेप्सेको आग्रह



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले योग्य संथागत लगानीकर्ताहरुलाई दर्ता र बार्षिक नवीकरण शुल्क बुझाउन ताकेता गरेको छ। नेप्से सोमबार सूचना प्रकाशित गर्दै बुक बिल्डिङ्ग बिधि मार्फत गरिने निष्कासनमा शिलबन्दी बोलकबोल संचालन गर्ने सम्बन्धको पत्र बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्ताहरुले सो कार्यमा सहभागी हुन यथासिघ्र नेप्सेमा दस्तुर सहित दर्ता गराउन ताकेता गरेको हो ।

साथै, पहिले नै दर्ता भइसकेका योग्य संस्थागत लगानीकर्ताहरुलाई पनि बार्षिक नवीकरण गर्न नेप्सेले अनुरोध गरेको छ । दर्ता शुल्क १० हजार रहेको छ भने बार्षिक नवीकरण शुल्क पाँच हजार रहेको छ ।

शुल्क लगानीकर्ताहरुले नेप्सेको खाता रहेको ग्लोबल आइएमई बैंकको ०७५०१०१००००७७५ खाता नम्बरमा पठाउन सक्ने सूचनामा उल्लेख छ।

प्रकाशित : १३ कार्तिक २०८०, सोमबार १५:३३