सुनको मुल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । दिनदिनै नयाँ रेकर्ड कायम गरेको सुनको मुल्य सोमबार भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँ कायम भएको हो।

यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । यसअघि आइतबार छापावाल सुन अहिलेसम्मकै उच्च प्रतितोला एक लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला एक लाख १६ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको मुल्य पनि तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला १४ सय १० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मुल्य प्रतितोला १४ सय १५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : 30 October, 2023 11:31 am