उन्नति सहकार्य लघुवित्तको एक करोड ७८ लाख बराबरको एफपीओ आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

उन्नति सहकार्य लघुवित्तको एक करोड ७८ लाख बराबरको एफपीओ आउँदै



काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आगामी कात्तिक २१ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले एक करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका एक लाख ७८ हजार ४५१.१८ कित्ता सेयर निष्काशन गर्न लागेको हो।

लगानीकर्ताले कम्पनीको एफपीओमा कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन्। एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

क्रेडिट रेटिङ संस्था केयर नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको जानाउने ‘केयर एनपी इस्यूअर रेटिङ बी प्लस’ रेटिङ प्रदान गरेको छ । केयर नेपालले २०८० असार ५ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८१ असार ४ गतेसम्म बाहल रहनेछ ।

प्रकाशित : १२ कार्तिक २०८०, आईतवार ११:१२