वैदेशिक रोजगारीमा रहेकालाई नेपाल वेयर हाउजिङको आइपीओ निष्काशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वैदेशिक रोजगारीमा रहेकालाई नेपाल वेयर हाउजिङको आइपीओ निष्काशन



काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनीले कात्तिक १० गते शुक्रबारदेखि आइपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँमध्ये २० प्रतिशत बराबर रकमको सेयर निष्काशन गर्नका लागी नेपाल धितोपत्र बोर्डबाट इजाजत पाएको छ। कूल १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले कूल एक करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको एक लाख ३७ हजार ५०० कित्ता सेयरका लागी आवेदन दिन पाउनेछन् । दोश्रो चरणमा २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता सेयर आफ्ना कर्मचारीका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि निष्काशन गर्नेछ। बाँकी ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सेयर मात्र सर्वसाधारणका लागी निष्काशन गरिनेछ।

वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार सेयर कित्ताका लागी कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । साथै मेरो सेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

आइपीओ निष्कासनको लागि गराइएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग लिमिटेडले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

प्रकाशित : १० कार्तिक २०८०, शुक्रबार १०:२८