आईसीएफसी फाइनान्सको अध्यक्षमा अर्याल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आईसीएफसी फाइनान्सको अध्यक्षमा अर्याल नियुक्त



काठमाडौं। आईसीएफसी फाइनान्सले अध्यक्ष पदमा सुशिलकुमार अर्याललाई नियुक्त गरेको छ । कम्पनीको बैठकले अर्याललाई गत कात्तिक २ गतेदेखि लागू हुने गरी बाँकी कार्यकालको लागि सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसैगरी, सोही बैठकले रिक्त रहेको सञ्चालक समिति सदस्यमा श्यामसिंह पाण्डेलाई नियुक्त गरेको छ । साथै सोही बैठकले कम्पनीको अध्यक्ष रामबाबु पन्तले दिएको राजीनामा स्वीकृत समेत गरेको छ । उनले व्यक्तिगत कारण जनाएर सञ्चालक समितिसमक्ष अध्यक्ष पदबाट राजीनामा दिएका दिएका थिए ।

प्रकाशित : ३ कार्तिक २०८०, शुक्रबार १२:१४