बडादसैँमा कुमारी बैंकले ल्यायो ‘क्यास ब्याक तथा दक्षिणा’ योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

बैंक / वित्त

बडादसैँमा कुमारी बैंकले ल्यायो ‘क्यास ब्याक तथा दक्षिणा’ योजना

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं। कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडादसैँलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधासहित सार्वजनिक गरेको ‘बडादसैँ दक्षिणा’ र ‘क्यास ब्याक अफर’ योजनालाई थप समयका लागि निरन्तरता दिएको छ।

नेपाली बैंकिङ क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंककोे ‘क्यास ब्याक अफर’ योजनाले महान चाड दसैँको हर्षोल्लासलाई थप अभिवृद्धि गर्नेछ। यस योजनामा पनि कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपयाँसम्म क्यास ब्याक दिइनेछ। क्यास ब्याक रकम पीओएस, क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरिने कारोबारमा प्रदान गरिने बैंकले जनाएको छ।

चाडबाडको यस अवसरमा कुमारी बैंकले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धतास्वरुप उपरोक्त सुविधाहरु आगामी कात्तिक ६ देखि कात्तिक ११ गतेसम्मका लागि समेत निरन्तर रहने जनाएको छ।

यसका साथै कुमारी बैंकले बडादसैँको विशेष दिन विजयादशमीका दिन आफ्ना ग्राहकलाई थप आकर्षक सुविधासहित ‘क्यास ब्याक अफर’सँगै ‘बडादसैँ दक्षिणा’ योजनासमेत सार्वजनिक गरेको छ।

यस योजनामा कात्तिक ७ गते विजयादशमीका दिन मोबाइल बैंकिङमार्पmत रकम स्थानान्तरण कारोबार गर्दा नदोहोरिने गरी पहिलोे १ हजार ४०० जना ग्राहकलाई बैंकद्वारा रु. ५० क्यास ब्याक दिइने जनाएको छ। क्यास ब्याकका लागि योग्य हुन न्यूनतम कारोबार रु. १०० हुनुपर्ने बैंकले जनाएको छ।

दुवै अफरहरु बिहान ८ बजेदेखि राति ११ः ५९ बजेसम्म गरिएका कारोबारमा लागू हुने बैंकले स्पष्ट पारेको छ। कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालयबाहेक), ४८ वटा विस्तारित काउन्टर, ३०९ एटीएम र ६४ शाखारहित बैंकिङ इकाइसहितको आफ्नो बृहत सञ्जालसहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ।

प्रकाशित : ३ कार्तिक २०८०, शुक्रबार ११:१६ 20 October, 2023 11:16 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।