माथिल्लो मैलुङ खोलाकाे आईपीओ बाँडफाँट, कतिले पाए सेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माथिल्लो मैलुङ खोलाकाे आईपीओ बाँडफाँट, कतिले पाए सेयर ?



काठमाडौं । कात्तिक ३ गते शुक्रबार माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले असोज १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ८४ हजार २०० कित्ता सेयर निष्काशन गरेको थियो। सो सेयरमा कुल ११ लाख ९० हजार २९६ लगानीकर्ताले आवेदन दिएका थिए। जसमध्ये ११ लाख ८५ हजार ६४२ आवेदन स्वीकृत भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ। यस अनुसार कुल १ लाख २८ हजार ४२० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।

लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, माथिल्लो मैलुङ खोलाको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

प्रकाशित : ३ कार्तिक २०८०, शुक्रबार १०:३५