सेयर बजारमा सामान्य गिरावट, ९७ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य गिरावट, ९७ करोडको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । आज बजार ४.०५ अंक घटेर १९०३.८४ विन्दुमा झरेको हो।

आज २८४ कम्पनीको ३७ लाख ६६ हजार कित्ता सेयर किनबेच हुँदा ९७ करोड ६ लाख १२ हजार रुपैंया बराबरको सेयर कारोबार भएको छ ।

नेप्सेमा आज अधिकांश समूहको उपसूचक राताम्मे भएका छन् । जसमा विकास बैंक ९.२६, वित्त १५.१४, होटल १५.९९, जलविद्युत समूह १९.५०, जीवन बिमा ३४.९५, निर्जीबन बिमा ४२.३२ र माइक्रोफाइनान्स १३.६८ अंक घटेको छ । साथै, बैंकिङ समूहको उपसूचक १.२० अंक बढेको छ ।

नेप्से सिटिजन्स म्युचुअल फण्ड २ सेयरमूल्य आज सर्वाधिक बढेको छ भने अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयरमूल्य सर्वाधिक घटेको छ । कारोबार रकमका आधारमा आज नबिल बैंकको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ। यस इन्स्योरेन्सको आज ५ करोड ९० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : २ कार्तिक २०८०, बिहीबार १५:३३