एनआइसी एसिया लघुवित्तको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआइसी एसिया लघुवित्तको लाभांश घोषणा



काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले २०७९/८० को नाफाबाट १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

अघिल्लो वर्ष यसले कर सहित १४.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई लाभांश वितरण प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित : २ कार्तिक २०८०, बिहीबार १२:३९