सुनको मूल्यमा फेरी नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्यमा फेरी नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । सुनको मुल्यले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ५०० रुपैयाँले बढेर एक लाख १३ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको एक लाख १३ हजार १५० रुपैयाँ निर्धारण भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार छापावाल सुन तोलाको एक लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको एक लाख १२ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो ।

यसअघि सुनको मूल्य गत साउन ४ गते अहिलेसम्मकै उच्च १ लाख १३ हजार ६०० रुपैयाँ कायम भएको थियो । बिहीबार चाँदीको मुल्य भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मुल्य १४ सय १० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : २ कार्तिक २०८०, बिहीबार ११:५७