दशैं नजिकिदै गर्दा सेयर बजारमा दाेहाेराे अंककाे सुधार, काराेबार रकम भने खुम्चिदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दशैं नजिकिदै गर्दा सेयर बजारमा दाेहाेराे अंककाे सुधार, काराेबार रकम भने खुम्चिदै



काठमाडौं । दशैं नजिकिदै गर्दा सेयर बजारमा पनि रौनक देखिएको छ । बुधबार नेप्से परिसूचक ४३.२७ अंक बढेर १९०७.८९ विन्दुमा पुगेको हो। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ८.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९३ अंक बढेको छ।

पछिल्ला कारोबार दिनहरुमा एक अर्बभन्दा बढीको सेयर कारोबार भएको बजारमा आज २८६ कम्पनीको ३७ लाख ७२ हजार कित्ता सेयर किनबेच हुदाँ ९३ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज आशा लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, इन्फिनिटी लघुवित्त, मिड सोलु हाइड्रोपावर, ज्योति विकास बैंक र गणपति लघुवित्तको सेयरमूल्य भने ९ प्रतिशतभन्दा बढी बढेको छ। आज बिपीडब्लु लघुवित्त वित्तिय संस्थाको सेयरमुल्य सर्वाधिक घटेको छ ।

कारोबार रकमका आधारमा आज सानिमा जिआईसी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सको आज चार करोड ४६ लाख ४ हजार रुपैंयाको सेयर कारोबार भएको छ।

प्रकाशित : १ कार्तिक २०८०, बुधबार १५:४१