स्वावलम्बन लघुवित्तको बोनस सेयर घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

स्वावलम्बन लघुवित्तको बोनस सेयर घोषणा



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । लघुवित्तको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १२.३६ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

यस लघवित्तले उक्त बोेनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको छ । स्वावलम्बनले प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वार्षिक साधारण सभामा पेश गर्नेछ ।

सभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।

प्रकाशित : १ कार्तिक २०८०, बुधबार ११:२८