तोलामा ४०० रुपैयाँले घट्याे सुनकाे मुल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तोलामा ४०० रुपैयाँले घट्याे सुनकाे मुल्य



काठमाडौं । मंगलबार सुनको मुल्य तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ४०० सय रुपैयाँले घटेर प्रतितोला एक लाख ११ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ३५० रुपैयाँ निर्धारण भएको छ ।

सोमबार पनि छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको मुल्य पनि घटेको छ । मंगलबार चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रतिताेला १३ सय ७५ रुपैयाँ कायम रहेको छ । सोमबार चाँदीको मुल्य १३ सय ९० रुपैयाँ रहेको थियो ।

प्रकाशित : ३० आश्विन २०८०, मंगलवार १२:४३