एनआईसी एसियाका दुई म्युचुअल फन्डको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईसी एसियाका दुई म्युचुअल फन्डको लाभांश घोषणा



काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा गरिएको छ। योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलको सञ्चालक समितिको बैठकले एनआईसी एसिया ग्रोथ फन्ड र एनआईसी एसिया ब्यालेन्स्ड फन्डको लाभांश वितरण गर्ने निर्णय गरेको हो।

क्यापिटलले करसहित एनआईसी एसिया ग्रोथ फन्डका इकाइधनीहरुलाई १०.५० प्रतिशत र एनआईसी एसिया ब्यालेन्स्ड फन्डका इकाइधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

तीी दुवै योजनाका इकाइधनीहरुलाई क्रमशः ८ करोड ७६ लाख ९६ हजार रुपैयाँ र ७ करोड ५५ लाख रुपैयाँ नगद प्रतिफल वितरण गरिने क्यापिटलले जनाएको छ।

प्रकाशित : २९ आश्विन २०८०, सोमबार ११:५४