सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा, इच्छुक लगानीकर्ताले ३५ दिन भित्र आवेदन दिनुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा, इच्छुक लगानीकर्ताले ३५ दिन भित्र आवेदन दिनुपर्ने



काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी प्रदीप कुमार केडियाको चार लाख ५४ हजार ५६३ र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको नाममा रहेको ९५ हजार १० कित्ता सेयर बिक्री खुला गरेको हो ।

यसमा सिद्धार्थकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । यसको मूल्य भने तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले असोज २८ गते आइतबारदेखि ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नु पर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रकाशित : २८ आश्विन २०८०, आईतवार ११:२१