एनएमबि बैंकको पुतलीसडक शाखामा ई-पेमेन्ट हब उद्घाटन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि बैंकको पुतलीसडक शाखामा ई-पेमेन्ट हब उद्घाटन



काठमाडौं । एनएमबि बैंकको पुतलीसडक शाखामा एक समारोहका बीच एनएमबि ई-पेमेन्ट हबको उद्घाटन गरिएको छ । यस हबको प्रयोग गरी ग्राहकहरुले भिसाशुल्क भुक्तानी, विदेशस्थित शिक्षण संथामा विद्यार्थी भर्ना आवेदन शुल्क, PTE, SAT, USMLE, Flywire, Swift, GRE, ACCA जस्ता विविध अनलाइन भुक्तानी सेवा लिन सक्ने छन् ।

एनएमबि ई-पेमेन्ट हब स्वीकृत विद्युतीय भुक्तानी उपकरणहरू प्रयोग गरी ग्राहकहरूका लागि सहज र झन्झटमुक्त भुक्तानी सेवा अनुभव सुनिश्चित गर्दै उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले बताएको छ ।

द फाइनान्सियल टाइम्स, लन्डनको ’द बैंकर म्यागजिन’ ले एनएमबी बैंकलाई प्रतिष्ठित बैंक अफ द इयर एसिया २०२१ बाट सम्मानित गरेको छ । कम्पनीले २०१७, २०१८, २०२० र २०२१ मा बैंक अफ द इयर पनि पाएको छ।

कम्पनीले हाल २०१ वटा शाखा, १४९ वटा एटीएम र १२ वटा एक्सटेन्सन काउन्टरमार्फत सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : २६ आश्विन २०८०, शुक्रबार १५:४४