कर्जाको ब्याजदर १०-११ प्रतिशतमा सीमित बन्यो भने निजी क्षेत्रले सन्तोष मान्नुपर्छ : कामू गभर्नर मिश्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कर्जाको ब्याजदर १०-११ प्रतिशतमा सीमित बन्यो भने निजी क्षेत्रले सन्तोष मान्नुपर्छ : कामू गभर्नर मिश्र



काठमाडौं । नेपाल राष्ट्र बैंकका कायम मूकायम(कामू) गभर्नर बमबहादूर मिश्रले निजी क्षेत्रसँग जस्तोसुकै सहकार्य गर्न पनि तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार राजधानीमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्रमा केहि समस्याहरु देखिएको उल्लेख गर्दै सवैजना मिलेर अगाडि बढेमा मात्र समाधान निस्कने पनि बताएका छन् । उनले अहिलेको अवस्थामा मुद्रास्फिती नियन्त्रण गर्न हामीलाई हम्मेहम्मे परिरहेको छ । तर पनि हामी ब्याजदर घटोस भन्ने चाहन्छौं । उनले भने, ‘हाम्रो अर्थतन्त्रमा १०-११ प्रतिशतमा कर्जा पाउन सक्ने अवस्था बन्यो भने निजी क्षेत्रले सन्तोष मान्नुपर्छ ।’

उनले त्यहि बाटोमा नेपाल राष्ट्र बैंक अग्रसर रहको संकेत पनि गरे । डेपुटी गभर्नरसमेत रहेका मिश्रले वित्तीय स्थिरता, मुद्रा स्फिती नियन्त्रण र बाह्यि क्षेत्रको सन्तुलनका लागि राष्ट्र बैंकले काम गरिरहेको उल्लेख गरे ।

प्रकाशित : २५ आश्विन २०८०, बिहीबार १३:५९