दिगो विकासका लक्ष्यहरु पूरा गर्न सरकारले ऐन कानून सुधार गर्न आवश्यक छः अध्यक्ष ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थतन्त्र

दिगो विकासका लक्ष्यहरु पूरा गर्न सरकारले ऐन कानून सुधार गर्न आवश्यक छः अध्यक्ष ढकाल

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकासका लक्ष्यहरु पूरा गर्न सरकारले ऐन कानून र नीतिहरु सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

मंगलवार महासंघ र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजनामा भएको दिगो विकासका लक्ष्य कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले नेपालमा दिगो विकासका लक्ष्यहरु पूरा गर्ने निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहेको बताए ।

अध्यक्ष ढकालले निजी क्षेत्रले व्यवसायिक क्रियाकलाप बढाउनको लागि नीति,ऐन कानून र नीतिहरु सुधार हुन जरुरी रहेको बताए ।

उनले दिगो विकासका लक्ष्यहरु पूरा गर्न निजी क्षेत्र महत्वपूर्ण पार्टनरका रुपमा काम गरिरहेको बताए ।

उनले भने,‘दिगो विकासका लक्ष्यहरु पूरा गर्न निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहेको छ । निजी क्षेत्रले व्यवसायीक क्रियाकलाप बढाउनको लागि नीतिहरुदेखि दिगो विकासका लक्ष्यहरु पूरा गर्ने व्यवसायिक गतिविधि बढाउन ऐन कानून र नीतिहरु सुधार हुनुपर्छ भन्ने कुरा हो । दिगो विकासका लक्ष्यहरु पूरा गर्नको लागि निजी क्षेत्र महत्वपूण पार्टनर भनिएको छ । त्यही अनुसार महासंघले यो विषयमा कार्यक्रम गरेको हो । अहिले नेपालमा व्यवसायिक गतिविधिहरु बढाएर व्यवसायीहरुको आत्मबल बढाने काम गर्नुपर्ने छ । यसको लागि निजी क्षेत्रले रोजगारी सिर्जनादेखि हरेक विषयमा ठूलो योगदान छ ।’

उनले नेपालमा व्यवसायिक गतिविधिहरु बढाएर व्यवसायीहरुको आत्मबल बढाउने काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले निजी क्षेत्रले रोजगारी सिर्जनादेखि हरेक विषयमा ठूलो योगदान रहेको बताए ।

प्रकाशित : २३ आश्विन २०८०, मंगलबार १३:१० 10 October, 2023 1:10 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।