तोलामा ३०० रुपैयाँले बढ्याे सुनकाे मुल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तोलामा ३०० रुपैयाँले बढ्याे सुनकाे मुल्य



काठमाडौं । केहि दिनदेखि सुनको मुल्य लगातार बढेको छ । मंगलबार पनि तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला एक लाख ८ हजार ९०० रुपैयाँ कायम भएको हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको एक लाख ८ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, सोमबार छापावाल सुन एक लाख ८ हजार ६०० रुपैयाँ कायम रहेको थियो।

यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला एक लाख ८ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १४ सय ४० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मुल्य प्रतितोला १४ सय ४५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : २३ आश्विन २०८०, मंगलवार ११:२४