मञ्जुश्री फाईनान्सको अध्यक्षमा अधिकारी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मञ्जुश्री फाईनान्सको अध्यक्षमा अधिकारी नियुक्त



काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडको अध्यक्षमा यादव अधिकारी नियुक्त भएका छन् । कम्पनीको गत असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी समूहका सञ्चालक अधिकारीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीको सोही बैठकले यसअघि अध्यक्ष रहेका इन्दिर पण्डित ९घिमिरे० ले कार्यव्यस्तताको कारण देखाई दिएको राजीनामासमेत स्वीकृत गरेको छ ।

प्रकाशित : 10 October, 2023 10:42 am