सुनकाे मुल्य बढ्याे, कतिमा हुदैछ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनकाे मुल्य बढ्याे, कतिमा हुदैछ काराेबार ?



काठमाडौं । आज सुनको मुल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ८ हजार ६०० रुपैयाँ कायम भएको हो।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको एक लाख ८ हजार १०० रुपैयाँ निर्धारण भएको छ । यसअघि आइतबार सुनको मुल्य प्रतितोला एक लाख ७ हजार ६०० रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला एक लाख ७ हजार १०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, चाँदीको मुल्य पनि आज तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १३ सय ४५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मुल्य प्रतितोला १३ सय ३० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : २२ आश्विन २०८०, सोमबार १२:२४