काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले क्रस होल्डिङ भएका कम्पनीहरुका कारण बुक बिल्डिङ लागू गर्न समस्या भएको बताएका छन् । धितोपत्र ब्रोकर एसोसिएसन नेपालद्वारा ‘विश्व लगानीकर्ता सप्ताह २०२३ का अवसरमा आयोजित अन्तर्क्रिया तथा समापन समारोहमा उनले यस्तो बताएका हुन् ।
उनले बुक बिल्डिङ लागू गर्न समस्या आएपनि बुक बिल्डिङको काम आफ्नो प्राथमिकतामा रहेकाले चाँडै सक्ने बताएका छन् । यस बारेमा नेप्सेलगायत सबै सरोकारवालासँग बसेर छलफल गरेको जानकारी गराउँदै उनले अहिले २ वटा कम्पनीको काम सुरु भएको बताए । साथै, बुक बिल्डिङमा क्रस होल्डिङको समस्या भने निकै चुनौतीपूर्ण रहेको उनले बताए ।
उनले बजारमा भएका सबै समस्याहरु एकैपटक समाधान गर्न नसकिने बताए । उनले भने,–‘बजारमा भएका सबै रोग एकैचोटी समाधन हुँदैन । बलियो कम्पनी पब्लिक भए भने मात्रै अर्थतन्त्र अगाडि बढ्छ । नेपालमा धेरै समस्या छ भन्न मिल्दैन समाधान खोज्नुपर्छ ।’
३० वर्षमा नभएका कारवाही २० महिनामै गरेको दावी गर्दै हमालले हकप्रद सेयर जारी गरेपछि मूल्य बढ्ने विषयमा पनि अध्ययन भईरहेको बताए । उनले भने,– ‘हकप्रद सेयर जारी पछि मूल्य बढ्ने नेपाल पहिलो देश हो । कसरी बढी रहेको छ भन्नेमा हामी अध्ययन गर्छौ ।’
त्यसैगरी उनले कागजमा कुनै कम्पनी राम्रो भयो भन्दैमा कम्पनी राम्रो नहुने बताउदै उनले आफू बोर्डमा रहँदा पब्लिक कम्पनीको संख्या ४ सय पुर्याउने योजना रहेको पनि बताए ।
गैरआवसीय नेपालीलाई सेयर बजारमा लगानी खुलाउन विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा संशोधन आवश्यक रहेको उनले बताए । लगानी परामर्श, प्रशिक्षण लगायत कार्यक्रमको लागि तिहारलगत्तै सर्टिफिकेसन कार्यक्रम सुरू हुने उनले बताए ।
कार्यक्रममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी निर्देशक कृष्णबहादुर कार्कीले प्रविधमा सुधार गर्न आफुले चाहेको समयमा नहुने बन्दै नेप्से सरकारी निकाय भएकाले खरिद प्रक्रिया झन्झटिलो हुने गरेको बताए । नयाँ रेगुलेटर आइसकेपछि प्रविधि र प्रोडक्ट दुबैलाई एकैसाथ लैजाने उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ राजस्व समितिका सभापति अम्बिकाप्रसाद पौडेलले पूँजीबजार बढ्नु भनेको चलखेल हुनु र केही व्यक्तिले कमाउनु हो भन्ने भाष्य सिर्जना भएको बताएका छन् ।
उनले पूँजी बजार राजस्वको एउटा राम्रो स्रोत हो भन्ने आर्थिक वर्ष २०७८र७९ को तथ्यांकले देखाएको बताए ।
तर, पूँजीबजार बढ्नु भनेको राजस्व बढ्नु हो र ५९ लाखको ओठमा मुस्कान छाउनु हो भनेर बुझाउन नसकिएको उनले बताए ।
यो विषय नीति निमार्ण गर्नेले बुझ्न नचाहेको उनको भनाइ छ । पूँजीगत लाभकरको विषयमा स्पष्ट व्यवस्था चाहियो भनेर पटक पटक भन्दा पनि अहिले लगानीकर्ता सबैभन्दा धेरै त्यसैमा अलमलिएको पौडेलले बताए ।
कार्यक्रममा सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० पूर्ण प्रसाद आचार्यले पुँजी बजारका संचरनामा वृद्धि हुँदै गएको बताए । त्यसैगरी उनले प्रविधिमा समेत सिडीएस निकै सक्रिय रहेको सिइओ आचार्ययले बताए ।
उनले भने,– ‘पुँजी बजारका संरचना वृद्धि हुँदै गएको छ । प्रविधिमा सिडिएस समेत सक्रिय छ । संस्थागत लगानीकतर्ता बढे पुँजी बजारको यात्रा उज्जवल छ ।’
उनले हाल ५९ लाख ५० हजार डिम्याट खाता संचालनमा रहेको जानकारी गराए । यद्यपि, ति मध्ये १५र२० हजार खातामा भने एक कित्ता सेयर पनि नभएको उनको भनाई छ । डिम्याट खाता नविकरण बारे अध्ययन गर्ने आचार्यले बताए ।





Comment