सर्वसाधारणले असोज २९ देखि नयाँ नोट साट्न पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सर्वसाधारणले असोज २९ देखि नयाँ नोट साट्न पाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दसैं र तिहारका लागि आगामी असोज २९ देखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको हो ।

तथापि, यस बारे हालसम्म केन्द्रीय बैंकले सार्वजनिक रुपमा सूचना भने जारी गरेको छैन। दसैं, तिहार र छठलाई लक्ष्य गरी घटस्थापनाको भोलिपल्ट (असोज २९) देखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक गृहकार्य भइरहेको नेपाल राष्ट्र बैंक स्रोतले बताएको छ ।

प्रकाशित : २१ आश्विन २०८०, आईतवार १२:०४