शुुक्रबार पनि घट्याे सुनकाे मुल्य, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

शुुक्रबार पनि घट्याे सुनकाे मुल्य, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । सुनको मुल्य शुुक्रबार पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । बिहीबर सुनको मुल्य १ लाख ९ हजार ६०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख ९ हजार १०० रुपैयाँ निर्धारण भएको थियो ।

शुक्रबार चाँदीको मुल्य भने तोलामा २५ रुपैयाँले बढेर तोलाको १३ सय ९५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मुल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : १२ आश्विन २०८०, शुक्रबार ११:२६