सेयर कारोबार लगातार तीन दिन बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर कारोबार लगातार तीन दिन बन्द



काठमाडौं । सेयर कारोबार लगातार ३ दिन बन्द हुने भएको छ । असोज ११ गतेदेखि असोज १३ गतेसम्म बन्द हुने भएको हो ।

असोज ११ गते बिहीबार सार्वजनिक बिदा परेसँगै सेयर कारोबार पनि बन्द हुने भएको हो । सरकारले इन्द्रजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको हो ।

त्यस्तै, असोज १२ गते र असोज १३ गते शुक्रबार र शनिबार परेको छ । सो दिन सेयर बजार नियमित रुपमा बन्द हुने गरेको छ । सेयर बजार अब एकैपटक असोज १४ गते आइतबार मात्रै खुल्ने छ ।

प्रकाशित : १० आश्विन २०८०, बुधबार १७:१२